पूर्व बर्दवान, 20 जून (हि.स.)। दामोदर भ्याली कर्पोरेशन (डीवीसी)-ले लगातार पानी छोड़िरहेको कारण दामोदर नदीको जलस्तर बढ़ेको छ जसमा धेरैवटा ट्रकहरू डुबेका छन्।
प्राप्त जानकारी अनुसार बालुवा लोड गर्नका लागि केही ट्रकहरू दामोदर नदीमा पसेका थिए। बितेका दुई दिनदेखिको दुर्गापुर ब्यारेजबाट लगातार पानी छोड़िएको कारण दामोदर नदीको जलस्तर अचानक बढ़ेको छ। यसबीच पूर्व बर्दवानको गलसीस्थित गोहग्राममा दामोदर नदीमा दुईवटा लरी खराब भयो भने नदीको तीव्र प्रवाहले अन्य लरीहरूलाई बगाएर नदीको किनारमा पुऱ्यायो। तर डीभीसी र जिल्ला प्रशासनले पहिला नै पानी छोड़्ने घोषणा गरेको थियो।
उल्लेखनीय छ, गत बुधवार म्याथन र पंचेतबाट 40,000 क्यूसेक पानी छोड़ियो। तल्लो दामोदर बेसिनमा पनि लगातार भइरहेको वर्षाको कारण जलस्तर बढ़ेको छ। त्यसैले समस्या उत्पन्न भएको हो। प्रशासनका निर्देशहरूलाई अवहेलना गरिएको कारण नै यो समस्या उत्पन्न भएको हो। तथापि गए बिहीवार डीभीसीबाट छोड़िएको पानीको मात्रा घटेको छ। 35,200 क्यूसेक पानी छोड़िएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा