गुवाहाटी, 20 जून (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले ईद-उल-जुहा अवधि पशु संरक्षण अधिनियमको उल्लंघन गरिएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले विशेष रूपमा मन्दिर अनि नामघरहरूको 5 किलोमीटरको घेराभित्र गाईको मासुको बिक्री-वितरणलाई गम्भीर बताएका छन्। जिल्लाका सबै उपायुक्तहरूलाई गाईको मासुसित सम्बन्धित गतिविधिहरूलाई कड़ाईपूर्वक प्रतिबन्धित लगाउने निर्देश दिएका छन्।
मुख्यमन्त्रीले शुक्रवार दिसपुरस्थित लोक सेवा भवनमा आयोजित एक सम्वाददाता सम्मेलनमा भने, कानून अनुसार कुनै पनि मन्दिर वा नामघरको 5 किलोमीटरको घेराभित्र गाईको हत्या, गाईको मासुको बिक्री एवं सेवन पूर्णरूपले प्रतिबन्धित छ। तथापि यसपालिको ईद अवधि केही ठाउँहरूमा असम पशु संरक्षण अधिनियमको उल्लंघन गरियो। जकि त्यसलाई टार्न सकिन्थ्यो। यदि कानूनका प्रावधानहरूलाई लागू गरिएको भए, जनतालाई यसको बारेमा बताइएको भए यस्तो हुँदैनथ्यो।
मुख्यमन्त्रीले धुबड़ी, लखिपुर, लखिमपुर, ग्वालपारा औ होजाई जिल्लामा भएका घटनाहरूलाई आधारको रूपमा पेश गर्दै भने, यी सबै यस्ता क्षेत्रहरू हुन् जहाँ पर्व अवधि गाईको मासु सेवन गरियो त्यो पनि कानूनी रूपमा प्रतिबन्धित क्षेत्रहरूमा।
मुख्यमन्त्रीले भने, यी घटनाहरू अचानक भएका होइनन्। यी संवेदनशील क्षेत्रहरूमा केन्द्रित थिए जहाँ पशु संरक्षण अधिनियमको यस विशेष प्रावधानलाई पालन गरिएको थिएन। यदि जागरूकता अनि कानूनलाई कड़ाईपूर्वक पालन गरिएको भए सबै प्रकारको अशान्तिलाई रोक्न सकिन्थ्यो।
डा. सरमाले राज्यका सबै उपायुक्त (डीसी)-हरूलाई असम पशु संरक्षण अधिनियन, विशेष रूपमा धार्मिक संस्थानहरूको नजिकमा गाईको मासुसित सम्बन्धित गतिविधिहरूलाई प्रतिबन्धित गर्ने खण्डलाई कड़ाईपूर्वक लागू गर्ने निर्देश दिएका छन्। उनले चेताउनी दिए, आगामी दिनमा अधिनियम अन्तर्गत कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा