कोलकाता, 20 जून (हि.स.)। पश्चिम बंगाल भाजपाद्वारा आयोजित ‘पश्चिम बंगाल दिवस’ -को कार्यक्रमलाई लिएर शुक्रवार कोलकातामा बबाल भयो। भाजपाका प्रदेश अध्यक्ष सुकान्त मजुमदारको बाइक ऱ्यालीलाई पुलिसले बारम्बार रोको कारमले स्थिति तनाउपूर्ण भयो। भवानीपुर क्षेत्रमा पुलिस अनि भाजपा कार्यकर्ताहरूबीच झड़पको स्थिति उत्पन्न भयो। यसपूर्व गए बिहीवार पनि सुकान्त मजुमदारले बजबज क्षेत्रमा विरोधको सामना गरिसकेका थिए।
भाजपा नेता शुभेन्दु अधिकारी एकातिर विधानसभादेखि रेड रोडसम्म ‘पश्चिम बंगाल दिवस’ मनाउनको लागि पुगे भने अर्कोतिर सुकान्त मजुमदार भवानीपुरमा श्यामा प्रसाद मुखर्जीको प्रतिमामा माल्यार्पण गर्न पुगे, तर पुलिसले उनीहरूलाई रोके। तर सुकान्तले अगाड़ि बढ़्न छाड़ेनन्। उनी नेताजी भवन हुँदै भवाीपुर तर्फ प्रस्थान भए। यसै अवधि भाजपा कार्यकर्ता र पुलिसबीच झड़प भयो जसले गर्दा क्षेत्रमा तनाउ फैलियो। व्यापक यातायात जामको स्थिति उत्पन्न भयो। अन्ततः सबै अड़चनहरूलाई चिर्दै सुकान्त मजुमदारले श्यामा प्रसाद मुखर्जीको प्रतिमामा माल्यार्पण गरे।
यस घटनापछि राजनीतिक माहोल तातियो। भाजपा प्रदेश सुकान्त मजुमदारले पुलिसमाथि तीव्र प्रहार गर्दै भने, हामी बारतको तिरंगा लिएर हिँड़ेका थियौं, तर पुलिसले ऱ्यालीमा बाधा दियो। यस्तो लाग्छ, यो पश्चिम बंगालको होइन बंगालको पुलिस हो। मेरो माटो, मेरी आमालाई कसैले पनि बंगलादेश बनाउन सक्दैन।
अर्कोतिर तृणमूल कंग्रेसका नेता कुणाल घोषले प्रतिक्रियास्वरूप भने, जसलाई जे गर्नुछ गरून्, यसबाट केही फरक पर्नेवाला छैन।
स्मरण गराइन्छ, भाजपाले 20 जूनलाई ‘पश्चिम बंगाल दिवस’- को रूपमा मनाउँदै आइरहेको छ, किनभने 1947 सालमा यसै दिन बंंगाल विधानसभामा भारत विभाजन अन्तर्गत अखण्ड बंगाललाई विभाजन गर्ने प्रस्तावमा मोहर लागेको थियो। तर राज्य सरकारले भने यसलाई ‘पश्चिम बंगाल दिवस’- को रूपमा मान्यता दिन अस्वीकार गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा