वेतन वृद्धिको मागमा चिया बगान कर्मीहरूको हड़ताल
वेतन वृद्धिको मागमा चिया बगान कर्मीहरूको हड़ताल


जलपाईगढी, 20 जून (हि.स)। नयाँ वेतन सम्झौता अनुरूप वेतन वृद्धिको मागलाई लिएर चिया बगानका स्थायी एवं अस्थायी कर्मचारीहरूले हड़ताल शुरू गरेका छन्। शुक्रवार मटियाली ब्लक अधिनस्थ बाताबाड़ी चियान बगान, सातखैया, आइभिल समेत विभिन्न चिया बगानहरूमा आयोजित गेट मिटिंग एवं हड़तालमा कर्मचारीहरू सामेल भए। यस अतिरिक्त यो कार्यक्रम डुवर्सका विभिन्न चिया बगानहरूमा पनि सम्पन्न गरियो। बिहान बगानको फ्याक्ट्री परिसरमा गेट मिटिंग सम्पन्न गरियो।

उल्लेखनीय छ, पुरानो वेतन सम्झौता- 2023 मा समाप्त भएको थियो। त्यसपछि मालिकले कुनै नयाँ वेतन सम्झौता गरेन। चिया बगानका स्थायी एवं अस्थायी कर्मचारीहरूले पुरानै वेतन सम्झौता अनुसार वेतन पाइरहेका छन्। परिणामस्वरूप उनीहरूलाई स्वभाविक रूपमा नोक्सान बेहोर्न परिरहेको छ। यो हड़ताल अनि गेट मिटिंग स्थायी-अस्थायी कर्मचारीहरूको ज्वोइन्ट कमिटीद्वारा आयोजना गरिएको हो।

बगानका श्रमिकहरूले यो पनि चेताउनी दिए, यदि मालिकले यस सम्बन्धमा तत्काल कारबाही गरेन भने यो आन्दोलनले भविष्यमा ठूलो आन्दोलको रूप लिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande