दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा
दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा


पाकिम, 20 जून (हि.स.)। जिल्ला समन्वय तथा अनुगमन समिति (दिशा) को लागि जिल्ला स्तरीय सल्लाहकार अनुगमन समितिको तेस्रो समन्वय बैठक आज पाकिमको सामुदायिक हलमा लोकसभा सांसद तथा दिशा समितिका अध्यक्ष डा. इन्द्रहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षा विभाग तथा खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेत, जिल्ला अध्यक्ष लाडेन ल्हामु भोटिया, जिल्ला उपाध्याक्ष प्रभा प्रधान, जिल्लापाल रोहन अगावाने आदि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै लोकसभाका सांसद तथा दिशा समितिका अध्यक्ष डा. इन्द्रहाङ सुब्बाले प्रशासन भित्रका समस्याहरूको समाधानका लागि अन्तरविभागीय समन्वयलाई सहज बनाउनुको महत्त्वमा जोड दिए। दिशा बैठक जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो भन्दै सांसदले जनसाधारणलाई आफ्ना चिन्ताहरू साझा गर्न र स्थानीय मुद्दाहरूको दिगो समाधान खोज्न विधायक र प्रशासनिक अधिकारीहरूसँग कुराकानीमा संलग्न बन्न प्रोत्साहित गरे। उनले क्षेत्रमा विकासका कार्यहरूको वृद्धिलाई प्रवर्द्धन गर्न र सबैका लागि दिगो वातावरण सिर्जना गर्न जनता र पञ्चायतहरूबाट सहयोगी दृष्टिकोणको महत्त्वमा जोड दिए।

शिक्षा, खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतले भविष्यमा समस्याहरूबाट बच्न जवाफदेहिता र स्वामित्वको महत्त्वलाई प्रकाश पार्दै क्षेत्रीय परियोजनाहरूमा सामुदायिक संलग्नताको आवश्यकतामा जोड दिए। कार्यक्रमलाई जिल्ला उपाध्यक्ष प्रभा प्रधानले पनि सम्बोधन गरेकी थिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande