श्रीरामपुरमा पाँच हजार लीटर मिसावटी तोरीको तेल जफ्त, दुई पक्राउ
श्रीरामपुरमा पाँच हजार लीटर मिसावटी तोरीको तेल जफ्त, दुई पक्राउ


हुगली, 20 जून (हि.स.)। चन्दननगर पुलिस कमिश्नरेटको इन्फोर्समेन्ट ब्राञ्चका अधिकारीहरूले श्रीरामपुर थानाको पुलिससित मिलेर गए बिहीवार राती श्रीरामपुरको बंगीहाटीमा दिल्ली रोड संलग्न क्षेत्रस्थित एउटा फ्याक्ट्रीमा छापा माऱेर लगभग पाँच हजार लीटर मिसावटी तोरीको तेल जफ्त गरे।

यस बारेमा शुक्रवार चन्दननगर पुलिस कमिश्नरेटका एकजना वरिष्ठ अधिकारीले बताए, कारखानाबाट 15 किलोको 280 वटा तेलको टिन, मिसावटी केमिकलको छःवटा प्याकेट, भिन्न-भिन्न रंगका पेटीहरू तथा पाँचवटा पञ्चिंग मशिन जफ्त गरिएको छ। उक्त फ्याक्ट्रीबाट दुईजना मानिसहरूलाई पक्राउ पनि गरिएको छ।

स्थानीय सूत्र अनुसार आरोपीले विगत लामो समयदेखिकै तोरीको तेल तोरी बिनै बनाइरहेको थियो। पुलिस सूत्र अनुसार उसले चामलको ब्राण्ड तेलमा विभिन्न किसिमको रसायन मिसाएर बनाउँदै आइरहेको थियो। तोरीबिनै तोरीको तेल बनाउँथ्यो। यस्ता तेलहरूलाई स्थानीय पसलहरूमा सप्लाई गरिन्थ्यो। पक्रा पर्ने आरोपीहरूलाई शुक्रवार श्रीरामपुर महकुमा अदालतमा पेश गरियो। पुलिसले यस मामिलासित सम्बन्धित अन्य आरोपीहरूको खोजीमा छापा मारिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande