नयाँ दिल्ली, 20 जून (हि.स.)। दिल्लीको लोक निर्माण विभागीय मन्त्री प्रवेश साहिब सिंहले शुक्रवार भाजपा-नीत राजग सरकारको एघार वर्षका उपलब्धिहरूलाई समर्पित प्रदर्शनीको दौड़ाह गरे। प्रदर्शनीको आयोजन भारतीय जनता पार्टी (भाजपा), नयाँ दिल्ली एकाईले गरेको हो।
मन्त्री प्रवेश साहिब सिंहले एक्स पोस्टमा भनेका छन्, पछिल्लो एघार वर्षमा भारतले नयाँ आत्मविश्वास, नयाँ दृष्टिकोण तथा नयाँ ऊर्जासितै अगाड़ि बढ़्दै एक सशक्त राष्ट्रको स्वरूप लिएको छ। मोदी सरकारमा गरीबहरूलाई छानो, महिलालाई सम्मान, किसानहरूलाई सशक्तता अनि युवाहरूलाई नयाँ अवसर प्राप्त भयो। उनले भने, यो प्रदर्शनी मोदी सरकारका उपलब्धिहरूको लेखाजोखा मात्र नभएर यसले 140 करोड़ देशवासीहरूको आशा, आकांक्षा अनि परिवर्तनको कथालाई जीवन्त रूपमा प्रस्तुत गर्दछ।
प्रवेश साहिब सिंहले भने, दिल्ली सरकारले पनि सय दिन पूरा गरेको छ। हामीले दिल्लीको स्थितिलाई सुधार्नका लागि द्रूत गतिमा काम गरिरहेका छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा