खरसाङमा तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप 2025 आयोजना गरिने
खरसाङमा तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप 2025 आयोजना गरिने


खरसाङ, 20 जून (हि.स.)। मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङको आयोजनामा तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप 2025 आयोजना गर्ने भएको छ। यस विषयमा मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङका प्रतिनिधिहरुले आज खरसाङमा‌ पत्रकार सम्मेलन आयोजना गरेर तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप 2025 को बारेमा जानकारी गराएका छन्‌‌।

उक्त तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप आगामी 13 र 14 सेप्टेम्बर, 2025 मा खरसाङको गोथल्स मेमोरियल स्कूलमा आयोजना गरिने भएको छ।‌ यस च्याम्पियनशीपमा विभिन्न स्कूलहरुबाट नानीहरुले सहभागिता जनाउन सक्ने जानकारी गराइएको छ‌। यस अवसरमा उक्त च्याम्पियनशीपको ब्यानर पनि सार्वजनिक गरियो।

यस प्रतियोगिताका च्याम्पियनलाई 25 हजार अनि उप विजेतालाई 15 हजार रुपियाँ प्रदान गरिने छ। यसरी नै बेस्ट फाईटर सिनियर वर्ग बोइजलाई 25 सय र सिनियर वर्ग गर्ल्सलाई 25 सय अनि जुनियर वर्गमा बोइजलाई 2 हजार रुपियाँ र जुनियर वर्ग गर्ल्सलाई 2 हजार रुपियाँ प्रदान गरिने बताइएको छ।

च्याम्पियनशिप आयोजक समितिका सभापति सुशिल छेत्री र सचिव प्रयोधी प्रधानले बताए अनुसार, यस तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीपमा‌ भाग लिन चाहनेहरुले आगामी 7 सेप्टेम्बरभित्र आवेदन गर्नुपर्ने छ। यस च्याम्पियनशीपमा सिनियर वर्गमा 12 देखि 17 वर्ष र जुनियर वर्गमा 6 देखि 11 वर्षसम्मका नानीहरुले आफ्नो स्कूलबाट सहभागिता जनाउन सक्नेछन्। च्याम्पियनशीप आयोजन गर्नुको मुख्य उद्देश्य कराँते खेलाडीहरुलाई मञ्च प्रदान गर्नु र नानीहरुलाई भावी प्रतियोगिताहरूको निम्ति राम्रो अनुभव प्रदान गर्नु बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande