गुवाहाटी, 20 जून (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिस थाना क्षेत्रबाट बेपत्ता नाबालिगलाई केवल 24 घण्टाभित्र नै उद्धार गर्नमा सफलता हासिल भएको छ। पुलिसले शुक्रवार जानकारी गराएको छ, थाना क्षेत्रको पिलिनकाटाबाट हराएकी नाबालिग केटीलाई रंगिया रेलवे स्टेशनबाट उद्धार गरियो।
उद्धार गरिएकी नाबालिगलाई रंगियादेखि ल्याएर उसका परिजनहरूलाई सुम्पियो। पुलिसले यस सम्बन्धमा उसका परिजनहरूद्वारा दर्ता गराइएको प्राथमिकीको आधारमा मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी