सिलगढ़ा, 20 जून (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी)-ले 204 ग्राम ब्राउन शुगर सहित एकजना युवकलाई समातेको छ। आरोपी युवकको पहिचान दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर निवासी चञ्चल सिकदारको रूपमा भएको छ। युवकलाई एसएसबीले अग्रिम कारबाहीको निम्ति खोरीबाड़ी थानामा सुम्पिदिएको छ।
पुलिस सूत्र अनुसार एसएसबीले घोषपुकुर-खोरीबाड़ी स्टेट हाईवेमा बिहीवार राती एकजना संदिग्ध मोटरसाइकल सवार युवकलाई समात्यो। युवकको जाँच गर्दा 204 ग्राम ब्राउन शुगर भेटियो। त्यसपछि एसएसबीले युवकसित जाँचबुझ गरी मादक पदार्थ सहित खोरीबाड़ी थानालाई सुम्पिदियो। खोरीबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा