सिलगढ़ी, 20 जून (हि.स.)। सिलगढ़ीको शिवमन्दिरस्थित एक सरकारी ब्यांकभित्र गए बिहीवार राती अचानक इमरजेन्सी साइरन बज्नाले क्षेत्रमा कोकोहोलो मच्चियो। सूचना पाउनसाथ माटीगाड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो। अपराधीहरू हुनसक्ने आशंकाले घण्टौंसम्म मोर्चा सम्हाल्यो। सूचना पाएर ब्यांक अधिकारीहरू पनि घटनास्थलमा पुगे।
प्राप्त जानकारी अनुसार सिलगढ़ीको शिवमन्दिर बस स्ट्याण्डस्थित सरकारी ब्यांकबाट कर्मचारीहरू सबै काम सिद्धिएर निक्लिसकेका थिए। राति 9 बजे अचानक इमरजेन्सी साइरन बज्यो जसबाट स्थानीय पसलेहरू भयभित भए। हतार-हतार यसको सूचना माटीगाड़ा पुलिसलाई दिइयो। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। ब्यांक अधिकारीहरू नआउञ्जेलसम्म कसैले पनि बुझ्न सकिरहेका थिएनन् कि भित्र के भइरहेको छ। पुलिसले त्यसबेलासम्ममा ब्यांकलाई चारैतिरबाट घेराबन्दी गरेर जाँच गर्न थाल्यो।
पछि ब्यांक अधिकारीहरू पनि घटास्थलमा पुगे। पुलिसको उपस्थितिमा ब्यांक अधिकारीले कार्यालय खोलेर जाँच शुरू गरे। तर त्यहाँ केही पनि गड़बड़ी भएको थिएन। भित्र सबै कुरा ठिकै थियो। त्यसपछि ब्यांक अधिकारीहरूले इमरजेन्सी साइरनलाई बन्द गरिदिए।
ब्यांक अधिकारीहरूले बताए, यान्त्रिक खराबीको कारणले इमरजेन्सी साइरन बजेको थियो। कुनै संदिग्ध वस्तु भेटिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा