चिरांग (असम), 21 जून (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार चिरांग जिल्लाको काजलगाउँमा नवनिर्मित जिल्ला जेलको उद्घाटन गरे। यस जेललाई आधुनिक रूपमा पूर्वोत्तर भारतको पहिलो पूर्णतः आधुनिक सुधारात्मक सुविधाको रूपमा मान्यता दिइएको छ।
जेलको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री डा. सरमाले सुधारात्मक सुविधाहरूको आधुनिकीकरण औ त्यसलाई बन्दीहरूको हेरचाह अनि पुनर्वासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानदण्ड अनुरूप बनाउनको लागि राज्य सरकारको प्रतिबद्धतामाथि बल दिए। उनले भने, यो एउटा जेल मात्र होइन परिवर्तनको केन्द्र पनि हो।
वास्तवमा पुनर्वास औ मानवीय कारावासमाथि ध्यानकेन्द्रित गरेर बनाइएको यो अत्याधुनिक जेल परिसर असमको जेल बुनियादी ढाँचामा एउटा नयाँ युगको शुरूआत हो। जेलमा उन्नत सुविधा औ समावेशी प्रणाली छ। यसलाई 636 बन्दीहरूलाई समायोजित गर्नको लागि डिजाइन गरिएको छ जसमा विचाराधिन बन्दी अनि दोषी आरोपीहरूलाई राख्ने व्यवस्था छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा