नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरिएकोमा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिद्वारा धन्यवाद प्रकट
नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरिएकोमा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिद्वारा धन्यवाद प्रकट


खरसाङ, 21 जून (हि.स.)। पश्चिम बंगाल सरकारद्वारा डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरिकोमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिद्वारा धन्यवाद ज्ञापन गरिएको छ। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिले शनिवार खरसाङमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरेकोमा धन्यवाद दियो।

विद्यार्थी महासंघको तर्फबाट सुभम प्रधानले नेपाली भाषालाई समावेश गराउन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले पहल गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको साथै व्यक्तिगत रुपमा भेट गरेर पनि अनुरोध गरेकाले यो सम्भव भएको बताए। उनले यस कार्यको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिए।

उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, पश्चिम बंगालको डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई वैकल्पित भाषाको रुपमा समावेश नभएपछि पहाडवासी चिन्तित थिए। जीटीए प्रमुख अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेर साथै व्यक्तिगत रुपमा भेट गरेर पनि डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई समावेश गरिदिन अनुरोध गरेका थिए। उनकै प्रयासको‌ कारणले‌ यो सम्भव भएको छ।‌ उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि धन्यवाद दिए।

पत्रकार सम्मेलनमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको तर्फबाट शुभंकर प्रसाद, हिमाल खवास, सत्यम थापा लगायत अन्यहरु पनि उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande