गान्तोक, 21 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज बिहान पाल्जोर स्टेडियमको इन्डोर हलमा आयोजित 11औं अन्तरराष्ट्रिय योग दिवस समारोहमा भाग लिए। 'एक पृथ्वी, एक स्वास्थ्यको निम्ति योग' थीममा आयोजित योग दिवस समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि गरिमायम उपस्थिति थियो। उक्त जानकारी राजभवनले आज एक प्रेस विज्ञप्तिमा दिएको छ।
राज्यपालले योगलाई भारतको अमूल्य सांस्कृतिक धरोहर बताए, जसले शारीरिक एवं मानसिक सन्तुलन प्रदान गर्नुका साथै मानवतालाई एकअर्कासॅंग जोड्ने सेतुको रूपमा पनि कार्य गर्दछ। उनले अन्तरराष्ट्रिय मञ्चमा योगलाई प्रतिष्ठा दिलाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे।
आजको कार्यक्रममा उपस्थित सबैले सामूहिक योगाभ्यासको माध्यमले एक पृथ्वी, एक स्वास्थ्यको सन्देशलाई आत्मसाथ गरेको बताइएको छ। यस अवसरमा विधानसभा अध्यक्ष, उपाध्यक्ष, लोकसभा सांसद, मन्त्रीगण, विधायकगण, वरिष्ठ प्रशासनिक अधिकारीहरू, विभिन्न विभागका प्रतिनिधिहरू, विद्यार्थीहरू र जनसाधारण पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल