सफाई कर्मचारीहरूलाई वितरण गरियो रेनकोट र छाता
सफाई कर्मचारीहरूलाई वितरण गरियो रेनकोट र छाता


सिलगढ़ी, 21 जून (हि.स)। बर्खाझरीमा काम गर्न कुनै समस्या नहोस् भन्ने ध्येय लिएर सिलगढ़ी नगरनिगमको 46 नम्बर वार्डको पक्षबाट सफाई कर्मचारीहरूलाई छाता र रेनकोट वितरण गरियो। वार्ड पार्षद दिलीप बर्मनले शनिवार 40 जना सफाई कर्मचारीहरूलाई रेनकोट अनि महिला सफाई कर्मचारीहरूलाई छाता प्रदान गरे। यसै अवसरमा मैला-कुचैला संग्रह गर्ने एउटा नयाँ टोटोको पनि उद्घाटन गरियो। भनिन्छ, यो टोटो सेवा वार्डका एकजना समाजसेवीले दिएका आर्थिक सहयोगबाट शुरू गरिएको हो। पार्षद दिलीप बर्मनले भने, हरेक वर्ष बर्खा याममा सफाई कर्मचारीहरूलाई समयमा रेनकोट प्राप्त नभएको कारणले विभिन्न समस्याहरूको सामना गर्नुपर्छ। त्यसैले 46 नम्बर वार्ड कार्यालयको पहलमा रेनकोटको व्यवस्था गरिएको छ। उनले भने, बर्खामा पनि वार्डमा साफ-सफाईको व्यवस्था सुचारू राख्ने हाम्रो मुख्य लक्ष्य रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande