राजधानी आइजोलमा सब्जी विक्रेताहरूले गरे प्रदर्शन, नगर निकायलाई भंग गर्ने माग
राजधानी आइजोलमा सब्जी विक्रेताहरूले गरे प्रदर्शन, नगर निकायलाई भंग गर्ने माग


आइजोल, 21 जून (हि.स.)। राजधानी आइजोलकोट्रेजरी स्क्वायरमा किसान अनि सब्जी विक्रेताहरूले शनिवार आइजोल नगरनिगम (एएमसी)-को विरोधमा प्रदर्शन गरे। प्रदर्शनकारीहरूले नगर निकायमाथि दुर्व्यवहार गरेको तथा आजीविकामाथि अनुचित प्रतिबन्ध लगाएको आरोप लगाए।

प्रदर्शनकारीहरूले सिकायत गरेका छन्, उनीहरूलाई सप्ताहमा एकपटक मात्र सब्जी बेच्ने अनुमति छ, त्यसपछि उनीहरूलाई बलजफ्ती उनीहरूको स्थानबाट हटाउँछ। यति मात्र नभएर उनीहरूको सब्जीलाई पनि प्रायजसो नै जफ्त गरिन्छ।

आक्रोश अनिहताशा व्यक्तगर्दै किसान तथा सब्जी विक्रेताहरूले आइजोल नगरनिगममाथि गरीबहरूको अपमान गरेको अनि स-साना व्यापारीहरूको हितविरूद्ध काम गरेको आरोप लगाए। उनीहरूले नगरनिगमलाई भंग गर्ने माग पनि गरेका छन्।

योविरोध प्रदर्शनयस्तो समयमा भएको छ जतिबेला एएमसीद्वारा आइजोलका विभिन्न भागहरूमा सड़क किनार विक्रेताहरूलाई हटाउनो लागि अभियान संचालन गरिँदैछ। यस कदमको फुटपाथ विक्रेता अनि किसान समूहहरूले कड़ा शब्दमा आलोचना गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande