मराठी फिल्म अभिनेता तुषार घाड़ीगांवकरले गरे आत्महत्या, काम नपाएकोले थिए चिन्तित
तुषार


मुम्बई, 21 जून (हि.स.)। मराठी फिल्म अभिनेता तुषार घाड़ीगांवकर (32) ले शुक्रवार अबेर राति आफ्नो भान्डुप स्थित आवासमा आत्महत्या गरे। पुलिसले तुषारको शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। तुषारले काम नपाएर हताष भएपछि यो कदम उठाएको बताइँदैछ।

चलो हवा आवे दो (चला हवा येऊ द्या) फेम एक्टर अंकुर वधेले इन्स्टाग्राममा तुषार घाडीगांवकरको फोटो साझा गरी उनको निधनको खबर साझा गरेका छन्। उनले पोस्टमा लेखेका छन्, किन साथी? किन ? काम आउँछ र जान्छ। हामीले कुनै यस्तो बाटो निकाल्नुपर्छ तर आत्महत्या कुनै बाटो होइन। मलाई लाग्छ, वर्तमान स्थिति अनौठो छ तर यो फसेला गर्न मिल्दैन। तुषार घाडीगांवकर, यदि तिमी हारेका हौं भने हामी सबै हाऱ्यौं।

अभिनेता तुषार घाडीगांवकरले नाटक, धारावाहिक र फिल्म तीनै माध्यमहरूमा काम गरेका छन्। उनले हिन्दीमा पनि काम गरेका छन्। उनी केही विज्ञापनहरूमा पनि नजर आएका छन्। उनले लवंगी मिर्ची, मन कस्तूरी रे, बाहुबली, उनाद, ज़ोम्बीली, हे मन बावरे, संगीत बिबत आख्यान जस्ता प्रोजेक्टहरूमा काम गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande