नयाँ दिल्ली, 21 जून (हि.स.)। अहमदाबाद एयर इण्डिया विमान दुर्घटनापछि नागरिक उड्डयन महानिदेशालय (डीजीसीए) ले विमानन सुरक्षालाई लिएर ठूलो कारबाही गरेको छ। डीजीसीएले शनिवार एयरलाइन्स कम्पनीलाई चालक दलको शेड्यूलिङ, अनुपालन निगरानी र आन्तरिक जवाबदेहीमा प्रणालीगत विफलताको निम्ति एक वरिष्ठ उड़ान संचालन अधिकारी सहित तीन वरिष्ठ अधिकारीहरूलाई हटाउने निर्देश दिएको छ।
आधिकारिक सूत्रहरू अनुसार, डीजीसीएले एयर इण्डियालाई तीनै अधिकारीहरूलाई क्रू शेड्यूलिङ र स्टरिङसित सम्बन्धित सबै भूमिकाहरू र जिम्मेवारीहरूबाट हटाउने आदेश दिएको छ। डीजीसीएले 20 जूनमा जारी आदेशमा एय़र इण्डियालाई यी अधिकारीहरू विरूद्ध अविलम्ब आन्तरिक अनुशासनात्मक कारबाही शुरू गर्नु पनि भन्यो। डीजीसीएको जारी आदेश अनुसार, यी तीन अधिकारीहरूमा एयरलाइनका एक डिविजनल वाइस प्रेसिडेन्ट पनि सामेल छन्।
यस अगाड़ी डीजीसीएले तीन एयरबस विमानहरूले आपातकालीन उपकरणहरूको जाँचको निम्ति निर्धारित तारिकभन्दा अधिक समय भएपनि उड़ान भर्दा एयर इण्डियालाई सुरक्षा नियमहरूको उल्लङ्घनको निम्ति चेताउनी दिएको थियो। डीजीसीएले यस मामिलाको समाधान गर्न सुस्त गतिले काम गर्दा पनि आलोचना गऱ्यो। यो मामिला मईमा एयर इण्डिया एयरलाइन्सको तीन एयरबस विमानहरूको जाँचसित सम्बन्धित छ।
उल्लेख्य, कूल 242 यात्री र चालक दलका सद्सयहरूलाई लिएर 12 जून लन्दन गइरहेको एय़र इण्डियाको विमान एआई-171 अहमदाबादको एक मेडिकल कलेज परिसरमा दुर्घटनाग्रस्त भएको थियो। यस विमान दुर्घटनामा एक व्यक्तिलाई छोड़ेर एयर इण्डिया विमानमा सवार सबै यात्रीहरूको मृत्यु भएको थियो र जमीनमा उपस्थित अन्य 29 जना पनि दुर्घटनामा मारिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी