उपचारको निम्ति भारत आए र फेरि यही बस्नथाले, चार बांग्लादेशी नागरिक पक्राउ
उपचारको निम्ति भारत आए र फेरि यही बस्नथाले, चार बांग्लादेशी नागरिक पक्राउ


नयाँ दिल्ली, 21 जून (हि.स.)। दक्षिण पश्चिम दिल्ली जिल्लाको अपरेशन सेलको टीमले चार बांग्लादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। आरोपी उपचार गराउन भारत आएका थिए तर भीसाको अवधि समाप्त भएपछि पनि उनीहरू अवैध रूपमा यही बसिरहेका थिए। आरोपीहरूले दिल्लीमा अवैध रूपमा बस्नका लागि होटलहरूको प्रयोग गरिरहेका थिए। अहिले पुलिसले आरोपी मोहम्मद रोहन, सुहेल अहमद, अबू कैस र मोहम्मद जुबराजलाई एफआरआरओको मद्दतले बांग्लादेश पठाएको छ।

डीसीपी अमित गोयलले भने, इन्स्पेक्टर हरि सिंह, इन्चार्ज एन्टी स्नेचिङ सेलको टीमलाई बांग्लादेशी नागरिकहरूबारे सूचना प्राप्त भयो कि उनीहरू भीसाको अवधि समाप्त भएपछि पनि महिपालपुर क्षेत्रमा घुमिरहेका छन्। एसआई कमल कान्तले सूचनाको पुष्टि गरे औं उनीहरूको खोजमा छापामारी गरे औं टीमले चार व्यक्तिलाई हिरासतमा लियो।

सोधपुछमा थाहा लाग्यो कि पक्रा पर्ने सबैको भीसा समाप्त भइसकेको थियो। सोधपुछमा उनीहरूले बताए, उनीहरूले आफ्नो उपचारको निम्ति भारतको भीसा लिएका थिए र पुर्तगालको भीजा प्राप्त गरेका थिए। दिल्लीमा रहुञ्जेल उनीहरू धेरै होटलहरूमा बसेका थिए। पुलिसले सबैलाई सोधपुछपछि एफआरआरओलाई सुम्प्यो। जसपछि उनीहरूलाई बांग्लादेश पठाइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande