सीतारमणले फरीदाबाद स्थित एजेएनआईएफएममा अन्तरराष्ट्रिय योग दिवस समारोहमा भाग लिइन्
सीता


नयाँ दिल्ली, 21 जून (हि.स.)। केन्द्रिय वित्त एवं कोरपोरेट कार्य मन्त्री निर्मला सीतारमण शनिवार दिल्ली-एनसीआरको फरीदाबाद स्थित अरूण जेटली राष्ट्रिय वित्तीय प्रबन्धन संस्थान (एजेएनआईएफएम) मा 11औं अन्तरराष्ट्रिय योग दिवस-2025 समारोहमा सामेल भइन्।

वित्त मन्त्रालयले एक बयानमा बतायो, एजेएनआईएफएममा उपस्थित मानिसहरूले विशाखापत्तनमबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन पनि सुने, जसपछि मोरारजी देसाई योग संस्थानको योग साधकहरूको मार्गदर्शनमा योग सत्रको आयोजन गरियो। फरीदाबाद स्थित एजेएनआईएफएममा 400 भन्दा धेरै प्रतिभागीहरूले उत्साहपूर्वक 45 मिनटभन्दा अधिक समयसम्म योगको अभ्यास गरे।

यस साल योग संगम कार्यक्रम पूरा भारतमा 3.5 लाखभन्दा अधिक स्थानहरूमा एकसाथ आयोजित गरियो। यस वर्ष मेरी सरकार र मायभारत जस्ता प्लेटफार्महरूमा योग विद फेमिली र योग अनप्लग्ड अन्तर्गत युवा-केन्द्रित पहल जस्ता विशेष प्रतियोगिताहरू शुरू गरिएको छ, जसबाट जन भागीदारी बढ्नेछ। यस वर्ष 11औं अन्तरराष्ट्रिय योग दिवस समारोहको विषय “एक पृथ्वी, एक स्वास्थ्यको निम्ति योग” मानव र ग्रह स्वास्थ्यको परस्पर सम्बन्धलाई उजागर गर्दछ र सामूहिक क्लायणको वैश्विक दृष्टिलाई प्रतिध्वनित गर्दछ, जुन भारतको “सर्वे संतु निरामया” (सबै रोगबाट मुक्त होस्) को दर्शनमाथि आधारित छ।

11औं अन्तरराष्ट्रिय योग दिवस समारोहमा वित्त सचिव र आर्थिक मामिलाहरूका विभागका सचिव, वित्त मन्त्रालय र कोर्पोरेट मामिलाहरूको मन्त्रालयका सबै विभागहरूका सचिव, विशेष कार्य अधिकारी र आर्थिक मामिलाहरूको विभागका मनोनीत सचिव, केन्द्रिय प्रत्यक्ष कर बोर्डका अध्यक्ष र वित्त मन्त्रालयका वरिष्ठ अधिकारी र कर्मचारी पनि उपस्थित थिए।

प्रधानमन्त्री मोदीले आज अन्तरराष्ट्रिय योग दिवसमा राष्ट्रिय उत्सवको नेतृत्व गर्दै विशाखापत्तनमको समुद्र तटमा कमन योग प्रोटोकोल (सीवाईपी) सत्रमा भाग लिए, जसमा लगभग 5 लाख प्रतिभागीहरूले भाग लिए औं पूरा देशमा योगको सामंजस्यपूर्ण प्रदर्शनको नेतृत्व गरे।

उल्लेख्य, 2015 मा संयुक्त राष्ट्र महासभा (यूएनजीए) ले 21 जूनमा अन्तरराष्ट्रि1य योग दिवसको रूपमा मनाउने भारतको प्रस्तावलाई अपनाएको थियो। प्रधानमन्त्रीले तबदेखि लिएर आजसम्म नयाँ दिल्ली, चण्डीगढ़, लखनऊ, मैसूर, न्यूयार्क (संयुक्त राष्ट्र मुख्यालय) र श्रीनगर सहित विभिन्न स्थानहरूबाट समारोहहरूको नेतृत्व गरिसकेका छन्। अन्तरराष्ट्रिय योग दिवस तबदेखि एक शक्तिशाली वैश्विक स्वास्थ्य आन्दोलनको रूपमा विकसित भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande