राजनाथ सिंहले पाकिस्तानलाई दिए चेताउनी- यदि भारतीय भूमिमा आतङ्कवादी आक्रमण भयो भने छोडिने छैन
राजनाथ सिंह


उधमपुर (जम्मु कश्मीर), 21 जून (हि.स.)। रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई कडा चेताउनी दिएका छन्। उनले भविष्यमा भारतीय भूमिमा हुने कुनै पनि आतङ्कवादी आक्रमणको लागि पाकिस्तानले गम्भीर परिणाम भोग्नुपर्ने बताए। उनले अपरेशन सिन्दूर अझै सकिएको छैन भन्दै भारत यस खतरा विरुद्ध कुनै पनि कारबाही गर्न तयार रहेको बताएका छन्।

अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज यहाँ उत्तरी कमाण्डका सैनिकहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले पाकिस्तानलाई यस्तो चेताउनी दिएका हुन्। उनले भने, अपरेशन सिन्दूरले भारत विरुद्ध पाकिस्तानको 'हजार कट' नीति सफल हुन सक्दैन भन्ने सन्देश दिएको छ। सेना प्रमुख उपेन्द्र द्विवेदीसॅंगै उपस्थित राजनाथ सिंहले अपरेशन सिन्दूर अझै नसकिएको बताए। उनले भने, यस अपरेशन मार्फत हामीले पाकिस्तानलाई भारत विरुद्ध जारी आतङ्कवादलाई सहन गरिने छैन भनेर बताएका छौं। यसको जवाफ झन् गम्भीर हुँदै जानेछ।

रक्षामन्त्री सिंहले भने, अपरेशन सिन्दूर 2016 को सर्जिकल स्ट्राइक र 2019 को हवाई आक्रमण (सीमापारि) को स्वाभाविक परिणाम थियो। भारतीय भूमिमा हुने कुनै पनि आतङ्कवादी आक्रमण पाकिस्तानको लागि विनाशकारी साबित हुनेछ। भारत आतङ्कवाद विरुद्ध कुनै पनि कारबाही गर्न तयार छ।

उल्लेख्य, अपरेशन सिन्दूर अन्तर्गत भारतीय सशस्त्र सेनाले 6 र 7 मईको राति पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा आतङ्कवादी संरचनाहरूमा आक्रमण गरेको थियो। यो आक्रमण 22 अप्रेलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणको बदला थियो। पहलगाममा 26 जनाको मृत्यु भएको थियो, जसमध्ये धेरैजसो पर्यटक थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande