देवभूमि योगमय, राष्ट्रपति मुर्मूले देहरादूनमा गरिन् योग, भनिन्- देशको योग, चेतना र विरासतको केन्द्र हो उत्तराखण्ड
राष्ट्र


देहरादून, 21 जून (हि.स.)। एघारौं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा पहाड़देखि लिएर मैदानसम्म उत्तराखण्डको धरती योगमय छ। देहरादूनमा राष्ट्रपति द्रौपदी मुर्मू र भराड़ीसैंणमा मुख्यमन्त्री पुष्कर सिंह धामी सहित धेरै देशहरूका राजदूतहरूले योग गरे। योग दिवसको उत्साहको अन्दाजा यसैबाट लगाउन सकिन्छ कि चारै धाम, गंगोत्री, यमुनोत्री, बदरीनाथ र केदारनाथमा पनि मानिसहरूले योगाभ्यास गरे। नैनीतालमा पनि छात्रहरूले योग गरे।

देहरादून पुलिस लाइनमा राष्ट्रपति द्रौपदी मुर्मूले बिहान योग गरिन्। उनको साथ राज्यपाल लेफ्टिनेन्ट जनरल गुरमीत सिंह (से.नि.) र मन्त्री सुबोध उनियाल सहित भारी संख्यामा मानिसहरूले योग गरे। राष्ट्रपतिले देहरादूनमा 11औं अन्तरराष्ट्रिय योग दिवसको शुभारम्भ गरिन्।

राष्ट्रपतिले उत्तराखण्डलाई देशको योग, चेतना र विरासतको केन्द्र बताइन्। साथै योगलाई भारतको सफ्ट पावरको पनि सशक्त उदहारण बताइन्। उनले भनिन्, योगले एक व्यक्तिलाई दोस्रो व्यक्तिसित, एक समुदायलाई दोस्रो समुदायसित र एक देशलाई दोस्रो देशसित जोड्ने काम गर्दछ। विश्वभरिका मानिसहरू यसबाट लाभान्वित भइरहेको छन्। जब व्यक्ति स्वस्थ रहन्छ तब परिवार स्वस्थ रहन्छ। जब परिवार स्वस्थ रहन्छ, तब देश स्वस्थ ऱहन्छ। उनले सबैलाई योगलाई जीवन जिउने माध्यमले बनाउने प्रेरणा दिइन् र सबै संस्थाहरूसित योगलाई जनसुलभ बनाइने अपील गरिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande