-सशक्त ढंगमा बीटीसी चुनाउ लड़्ने घोषणा गरे
कोकराझार (असम), 22 जून (हि.स.)। असम प्रदेश कंग्रेस अध्यक्ष औ लोकसभा सांसद गौरव गोगोई आइतवार कोकराझार आइपुगे जहाँ कंग्रेस नेता, कार्यकर्ता अनि समर्थकहरूले उनलाई भव्य स्वागत जनाए। आगामी बोडोल्याण्ड प्रादेशिक परिषद (बीटीसी)-को चुनाउपूर्व बोडोल्याण्ड क्षेत्रमा पार्टीको पकड़लाई मजबुत बनाउने उदेश्यले उनी दुई दिवसीय दौड़ाहमा यहाँ आएका हुन्।
गौरव गोगोई डाउन राजधानी एक्सप्रेस मार्फत कोकराझार रेलवे स्टेशनमा आइपुगे जहाँ उनलाई स्वागत गर्नका लागि समर्थकहरूको घुइँचो थियो। स्टेशनमा गौरव गोगोई जिन्दाबाद-को नारा गुञ्जिरहेको थियो। उत्साही पार्टी कार्यकर्ताहरू आफ्ना नेतालाई एक झलक हेर्नकै लागि पनि स्टेशनमा उर्लिएका थिए।
आफ्नो कोकराझार दौड़ाह अवधि गोगोईले अडानी समूहलाई 3,400 बिघा विवादस्पद भूमि आवन्टनको निरीक्षण गर्नका लागि बाशबारी क्षेत्रको पनि भ्रमण गर्नेछन्। यो राज्यमा एउटा यस्तो मुद्दा उठेको छ जसले महत्वपूर्ण सार्वजनिक अनि राजनीतिक बहसलाई जन्म दिएको छ।
आफ्नो यात्राकालमा मीडियासित बातचित गर्दै गोगोईले सत्तारूढ़ भारतीय जनता पार्टी अनि बीटीसी नेतृ्त्वको चर्को आलोचना गरे। उनीहरूमाथि सर्वसाधारणको कल्याणको तुलनामा कर्पोरेट हितहरूको पक्ष लिएको आरोप लगाए।
गौरव गोगोईले भने, असमका मानिसहरूले जमीन पाएका छैनन् जबकि ठूल्ठूला कर्पोरेट घरानाले जमीन आएको छ। कल्याणकारी योजनाहरूको आड़मा आम नागरिकहरूलाई एक-दुई हजार रुपियाँ दिइन्छ भने मन्त्री र उनीहरूका परिवारहरूले 10-20 लाख रुपियाँ, यहाँसम्म कि 30 लाख रुपियाँको लाभ उठाएर भाग्छन्। गरीबहरूको लागि बनाइएका योजनाहरूलाई मन्त्री अनि विधायक परिवारहरूले हड़पेको छ।
गोगोईले स्पष्ट पारे, कंग्रेस पार्टीले गठबन्धनमा सामेल नभई स्वतन्त्र रूपमा बीटीसी चुनाउ लड़्नेछ साथै क्षेत्रमा आफ्नो सांगठनात्मक उपस्थितिलाई सशक्त बनाउनेमाथि ध्यानकेन्द्रित गर्न जारी राख्नेछ।
उल्लेखनीय छ, प्रदेश कंग्रेस अध्यक्षले क्षेत्रका प्रमुख धार्मिक औ सांस्कृतिक स्थल एवं श्रद्धाका केन्द्र महामाया मन्दिरको पनि भ्रमण गर्नेछन्। आफ्नो भ्रमणको क्रममा उनले तुलसीबिलमा आयोजना हुने एक सार्वजनिक ऱ्यालीलाई पनि सम्बोधन गर्नेछन् जसमा स्थानीय मानिसहरू तथा पार्टी कार्यकर्ताहरूसित प्रत्यक्ष बातचित गरेर बीटीसी क्षेत्रमा कंग्रेस अभियानको लागि समर्थन जुटाउने प्रयास गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा