बंगलादेशी युवक पक्राउ
बंगलादेशी युवक पक्राउ


सिलगढ़ी, 22 जून (हि. स.)। सशस्त्र सीमा बल (एसएसबी)- को 41 औं बटालियनका जवानहरूले एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेका छन्। पक्रा पर्ने बंगलादेशीको नाम सञ्जय राय हो जो बंगलादेशको दिनाजपुर निवासी रहेको बताइएको छ। एसएसबीले अग्रिम कारबाहीको लागि बंगलादेशी नागरिकलाई नक्सलबाड़ी थानाको पुलिसलाई सुम्पिइएको छ।

पुलिस सूत्र अनुसार एसएसबीको 41औं बटालियनका जवानहरूले नक्सलबाड़ीको भारत-नेपाल सीमा फुटानी मोड़ संलग्न क्षेत्रमा गए शनिवार राति एक जना व्यक्तिलाई संदिग्ध अवस्थामा घुम्दै गरेको देखियो। त्यसपछि जवानहरूले उक्त व्यक्तिलाई पक्राउ गरे। जाँचबुझमा सो व्यक्तिले आफ्नो नाम सञ्जय राय बताए। पछि एसएसबीले उक्त बंगलादेशीको कब्जाबाट बंगलादेशको पहिचान पत्र जफत गऱ्यो। आरोपी सञ्जय अवैध रूपमा दैनिक श्रमिकको रूपमा काम गर्नको लागि भारतमा आएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande