मुख्यमन्त्रीे कमला नगरमा आयोजित भगवान जगन्नाथको रथयात्रामा सहभागी भइन्
मुख्यमन्त्रीे कमला नगरमा आयोजित भगवान जगन्नाथको रथयात्रामा सहभागी भइन्


नयाँ दिल्ली, 22 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भगवान जगन्नाथ, बलभद्र औ माता सुभद्राका श्रीचरणहरूमा कोटी-कोटी नमन गरिन्। मुख्यमन्त्री आइतवार दिल्लीको कमला नगरमा आयोजित भगवान जगन्नाथको पावन रथयात्रामा सामेल भइन्।

यस अवसरमा मुख्यमन्त्रीले भनिन्, आज रथ यात्रामा सहभागी भएर मन अनि आत्मालाई अद्भुत शान्ति, ऊर्जा एवंं आनन्द अनुभूत भइरहेको छ। रथ तान्नु एउटा धार्मिक अनुष्ठान मात्र नभएर प्रभुको सेवा अनि समाज कल्याणको एक दिव्य माध्यम पनि हो जसले हामीलाई आत्मिक शुद्धता र साँचो कर्तव्य पथ तर्फ अग्रसर गराउँछ।

मुख्यमन्त्रीले भनिन्, यो अलौकिक रथ यात्रा भारतीय सांस्कृतिक एकता, सामाजिक समरसता औ सनातन परम्पराहरूको अद्वितीय शक्तिको प्रतीक हो। उनले महाप्रभुसित प्रार्थना गरिन्, उनले हामी सबैलाई संयम, सेवा तथा राष्ट्र निर्माणको मार्गमा अघि बढ़्ने शक्ति अनि संकल्पलाई पूरा गर्नमा सामर्थ्य प्रदान गरून्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande