अम्बुबासी मेलाः मुख्यमन्त्री सरमाले माँ कामाख्याको चरणमा अर्पण गरे शद्धासुमन
अम्बुबासी मेलाः मुख्यमन्त्री सरमाले माँ कामाख्याको चरणमा अर्पण गरे शद्धासुमन


गुवाहाटी, 22 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अम्बुबासी मेलाको पावन अवसरमा माँ कामाख्यालाई श्रद्धापूर्वक नमन गर्दै सबै साधु-सन्त, देश-विदेशबाट आएका श्रद्धालु अनि पर्यटकहरूलाई हार्दिक स्वागत गरेका छन्।

मुख्यमन्त्रीले भने, अम्बुबासी प्रवृत्तिको यस पवित्र क्षणमा माँ कामाख्याका श्रीचरणहरूमा भक्ति भावले सेवा अर्पण गर्दछु। शक्तिपीठ माँ कामाख्या धाममा आगमन गर्ने साधु-सन्यासी, दर्शनार्थी तथा- देश-विदेशका पर्यटकहरूलाई हार्दिक अभिनन्दन प्रकट गर्दछु।

उनले आशा व्यक्त गरे, अम्बुबासी मेलाको यो भक्तिपूर्ण समयले सबैको जीवनमा सुख-शान्ति ल्याओस्, समरसताको मालालाई अझ सशक्त बनाओस् तथा माँ कामाख्याको आशीर्वादले सबैको मनोकामना पूर्ण गरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande