
नयाँ दिल्ली, 22 जून (हि.स.)। अन्तरराष्ट्रिय ओलम्पिक समितिद्वारा आइतवार ओल्पिक दिवसको अवसरमा ‘लेट्स मूभ’ अभियान अन्तर्गत दौड़ प्रतियोगिता आयोजना गरियो। यस अभियानमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले केन्द्रिय मन्त्री मनसुख माण्डभिया अनि राज्यसभा सदस्य एवं इण्डियन ओलम्पिक एसोसिएशनकी अध्यक्ष पीटी ऊषाको साथमा भाग लिइन्।
मुख्यमन्त्रीले यस अवसरमा भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले खेल जगतको एक नयाँ स्वर्णिम युग देखेको छ। चाहे त्यो ओलम्पिकमा ऐतिहासिक प्रदर्शन होस् वा खेलो इण्डिया जस्ता दूरदर्शी योजनाहरू वा देशभरि नै अत्याधुनिक खेल पूर्वाधारको विकास होस्, भारतलाई खेल महाशक्ति बनाउने एक महायज्ञ प्रारम्भ भएको छ।
मुख्यमन्त्रीले भनिन्, देशले लगातार उत्कृष्ट खेलाड़ीहरू पाइरहेकोछ र केन्द्र सरकारको तर्फबाट खेलाड़ीहरूलाई हरेक सुविधा उपलब्ध गराइँदैछ। देश पूर्ण रूपले ओलम्पिक-2036 को आतिथ्यको लागि तयार छ। हामी चाहन्छौं आतिथ्यको यो कार्यभार हामीलाई नै प्राप्त होस्। हाम्रा खेलाड़ीहरूले आफ्नो तयारी गरून्।
मुख्यमन्त्रीले भनिन्, हाम्रो सरकारले यसै प्रेरणाबाट दिल्लीलाईखेल राजधानी बनाउनको लागि पूर्ण शक्ति खर्चिएर कार्य गरिरहेको छ। युवा खेलाड़ीहरूलाई उत्कृष्ट सुविधा तथा नयाँ अवसर दिनको लागि हाम्रो प्रतिबद्धता अटल छ। दिल्ली सरकार राजधानीलाई फिट, निरोग तथा हरित बनाउकोलागि प्रतिबद्ध रहेको पनि उनले बताइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा