अगरतला, 22 जून (हि.स.)। त्रिपुरा देशको तेस्रो पूर्ण साक्षर राज्य बन्न गइरहेको छ। जिमोरम र गोवापछि अब त्रिपुरा पनि तेस्रो पूर्ण साक्षर राज्य हुनेछ। मुख्यमन्त्री माणिक साहाले 23 जूनमा यसको औपचारिक घोषणा गर्नेछन्। त्रिपुरा शिक्षा विभागका एकजना वरिष्ठ अधिकारीले आइतवार यस आशयको जानकारी दिए।
पूर्वोत्तरको राज्य त्रिपुरा देशको तेस्रो पूर्ण साक्षर राज्य बन्न गइरहेको छ। राज्यका मुख्यमन्त्री माणिक साहाले सोमवार रवीन्द्र शताब्दि भवनमा आयोजित एक विशेष कार्यक्रममा यसको औपचारिक घोषणा गर्नेछन्। राज्य शिक्षा विभगका वरिष्ठ अधिकारीले आज पुष्टि गरे, त्रिपुराले मिजोरम र गोवाको कदमलाई पहिलाउँदै भारतको तेस्रो साक्षर राज्य बन्नको लागि तयार छ। उनले बताए, मूल रूपमा त्रिपुरालाई दोस्रो स्थानमा हुनुपर्थ्यो, तर कतिपय कार्यहरू थाँतीमा रहेको कारणले दोस्रो स्थान गोवाले हासिल गरेको छ।
उल्लेखनीय छ, वर्ष 2011- को जनगणना अनुसार त्रिपुरा 87.75% साक्षरता दर सहित पहिला नै भारतको चौथो सबैभन्दा साक्षर राज्य बनिसकेको थियो। वास्तवमा राज्य सरकारले शिक्षाको क्षेत्रमा सुधार ल्याउनको लागि धेरैवटा पहल गरेको छ जस्तै मिड-डे मिल योजना र सामुदायिक आधारित शिक्षण परियोजनालाई श्रेष्ठ ढंगमा लागू गरिएको छ। यस अतिरिक् 'शिक्षाको अधिकार अधिनियम'-को शुरुआत औ ग्रामीण क्षेत्रहरूमा स्कूलहरूको स्थापना गरिएपछि त्रिपुरामा शिक्षा सबैको लागि सुलभ भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा