नवगठित उग्रवादी समूह डीएचडीयूका दशजना सदस्यहरूले गरे आत्मसमर्पण
नवगठित उग्रवादी समूह डीएचडीयूका दशजना सदस्यहरूले गरे आत्मसमर्पण


कार्बी आंगलोंग (असम), 22 जून (हि.स.)। नवगठित उग्रवादी समूह डिमासा हलान डुई यूनाइटेड (डीएचडीयू)-का दशजना सदस्यहरूले कार्बी आंगलोंग पुलिस समक्ष आत्मसमर्पण गरे। समूहका सदस्यहरूले हतियार अनि गोला-बारूद जिल्लाका पुलिस अधीक्षकलाई सञ्जीव कुमार सैकियालाई सुम्पिए। असम पुलिसले आइतवार यस आशयको जानकारी दिए।

असम पुलिसले बताएको छ, गुप्त जानकारीमाथि आधारित अभियान तथा कार्बी आंगलोंग पुलिसद्वारा गरिएको कारबाहीको कारणले यो सफलता प्राप्त भएको छ। धनसिरीमा आत्मसमर्पण भएको छ जुन गुप्त जानकारी आधारित निरन्तर अभियानपछि असम पुलिसको लागि एउटा ठूलो सफलता हो।

असम पुलिसलेसोशल मीडिया एक्समा आफ्नो पोस्टमा भन्यो,मुख्यमन्त्रीडा. हिमंत बिस्व सरमाकोशान्ति एवं प्रगतिको दृष्टिकोण अनुरूप कार्बी आंगलोंग पुलिसले एकसाथ आउटरिचसँगसँगै गु्प्तचर आधारित अपरेशनको एक श्रृंखला शुरू गऱ्यो। यसकोपरिणामस्वरूप डीएचडीयू नामक एक नयाँचरमपन्थी समूहबनाउनेप्रयासगरिरहेका दशजना भ्रमित युवाहरूले हतियार सहित आत्मसमर्पण गरे।

पुलिस अनुसार समूहकासदस्यहरूले पुलिसलाई सुम्पिएको हतियारहरूमा क्रमैले 1 एके सिरिजकोराइफल, 3 पेस्तोल, 1 एसबी गन, 1 ग्रेनेडर गोला-बारूद सामेल छन्। सोशलमीडिया पोस्टमा यस सफलताको प्रशंसा गर्दै असम पुलिसका महानिदेशक हरमीत सिंहले लेखेका छन्, शान्ति शुनिश्चित गर्नु हाम्रो आदर्श वाक्य हो।

पुलिसकाअधिकारीहरूले बताए, अप्रेलमा यो अभियान शुरू गरिएको थियो जतिबेला गुप्त जानकारीबाट थाहा लागेको थियो, डीएचडीयूले पहाड़ी जिल्लामा भूमिगत अलगाववादी आन्दोलनलाईपुनर्जीवित गर्नको लागि गुप्त रूपमा लामबद्ध भइरहेको छ। मुख्य रूपमा डिमासा आदिवासी समुदायका युवाहरूसित मिलाएर गठन गरिएको संगठनले कथित रूपमा अधिक सदस्यहरू भर्ती अनि हतियारहरू संकलन गर्ने प्रक्रिया शुरू गरेको थियो।

पुलिस अधीक्षकले भने, यो आत्मसमर्पण कार्बी आंगलोंगमा शान्ति तथा स्थिरतालाई कायम राख्नको लागि हाम्रो प्रतिबद्धताको प्रमाण हो। जाँच जारी छ र पुलिस क्षेत्रको सद्भावलाई बाधित गर्ने कुनै पनि प्रयासलाई विफल बनाउनको लागि दृढ़ संकल्पित छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande