'एउटा रूख आमाको नाममा' अभियानलाई दिल्लीका स्वास्थ्य मन्त्रीले दिए गति, विकासपुरी विधानसभा क्षेत्रमा रोपे 501 बिरूवा
'एउटा रूख आमाको नाममा' अभियानलाई दिल्लीका स्वास्थ्य मन्त्रीले दिए गति, विकासपुरी विधानसभा क्षेत्रमा रोपे 501 बिरूवा


नयाँ दिल्ली, 22 जून (हि.स.)। दिल्लीका स्वास्थ्य मन्त्री एवं विकासपुरी विधानसभा क्षेत्रबाट विधायक पंकज कुमार सिंहले आफ्नो क्षेत्रमा हरित अभियानलाई नयाँ गति दिएका छन्। उनले भने, 'एउटा रूख आमाको नाममा' अभियान अन्तर्गत आइतवार सम्पूर्ण विकासपुरी विधानसभा क्षेत्रमा 501 वटा बिरूवाहरू रोपे। यस आशयको जानकारी स्वास्थ्य मन्त्रीले सोशल मीडिया साइट एक्समा साझा गरेका छन्।

स्वास्थ्य मन्त्रीले आफ्नो पोस्टमा भने, यो एउटा रूख मात्र होइन हरेक आमाको आशीर्वाद अनि पर्यारणप्रति हाम्रो जिम्मेवारीको प्रतीक हो। हाम्रो संकल्प छ, यस पहललाई अझ व्यापक बनाउनेछौं साथ विकासपुरीलाई अझ बढ़ी हरियाली बनाउनेछौं। तपाईहरू सबैलाई अनुरोध छ कि यस अभियानमा सहभागी बन्नुहोस् अनि न्यूनतम पनि एउटा रूख आमाको नाममा अवश्य रोप्नुहोस्।

उल्लेखनीय छ, 'एउटा रूख आमाको नाममा' अभियान 2.0 अन्तर्गत भारत सरकारले 10 करोड़ रूख रोप्ने लक्ष्य राखेको छ। यसको साथै दिल्ली सरकारले पनि वर्ष 2025-26 मा 3 लाख 70 हजार रूख रोप्ने लक्ष्य राखेको छ जसमा 1 लाख रूख, लाख झाड़ी अनि 70 हजार बाँसका बिरूवाहरू स्कूल, मेन रोड वरपर तथा ठूल्ठूला पार्कहरूमा रोपिनेछ।

दिल्ली सरकारको पक्षबाट यस अतिरिक्त पनि स्कूल परिसरमा वृक्षरोपणलाई लिएर जागरूकता अभियान संचालन गर्ने, प्लास्टिक रहित बिरूवा (माटोको गमला वा बोरा) प्रयोग गर्नको लागि प्रेरित गर्नु, रासायनिक उर्वरकहरूदेखि बच्नु तथा पहिला रोपिएका बोट-बिरूवाहरूको हेरचाह सुनिश्चित गर्नु पनि यस अभियानको भाग हो। यो अभियान जून, जुलाई र अगस्तसम्म तीन महिना चल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande