गुवाहाटी, 22 जून (हि.स.)। राजधानीको हाथी गाउँ थाना क्षेत्रमा गुवाहाटी पुलिसको टीमले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी चारजना अफगानी नागरिकहरूलाई पक्राउ गरेको छ।
पुलिसले आइतवार बतायो, हाथी गाउँ थाना अन्तर्गत लिटिल फ्लावर स्कूल नजिकै अवस्थित एउटा भाड़ाको घरमा संचालित अभियान अवधि चारजना अफगानी नागरिकहरूलाई पक्राउ गरिएको छ। यी अफगानी नागरिकहरूको पहिचान अमन खान, रिजवान खान, युसूफ जहीर औ आसिफ राणाको रूपमा गरिएको छ।
यी अफगानी नागरिकहरू अवैध रूपमा गुवाहाटीस्थित एउटा भाड़ाको घरमा बस्दै आइरहेका थिए। उनीहरूसित भारतमा बस्ने वैध दस्तावेज थिएन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा