श्रीरामपुरः तृणमूलमा सामेल भए विभिन्न पार्टीका सैकड़ौं कार्यकर्ता
श्रीरामपुरः तृणमूलमा सामेल भए विभिन्न पार्टीका सैकड़ौं कार्यकर्ता


हुगली, 22 जून (हि. स.)। तृणमूल कंग्रेसकोशहीद दिवसको प्रस्तुति सभा अवधि हुगली जिल्लाको श्रीरामपुर नगरपालिका अधिनस्थ 24 नम्बर वार्डस्थित ग्वालपाड़ा क्षेत्रमा गए शनिवार साँझ भाजपा, माकपा तथा कंग्रेसका सयकड़ौं कार्यकर्ताहरूले तृणमूल कंग्रेसको झण्डा समाते।

श्रीरामपुर शहर तृणमूल कंग्रेसकाअध्यक्ष सन्तोष (पप्पू) सिंहको तत्वाधानमा आयोजित उक्त कार्यक्रममा श्रीरामपुरका सांसद कल्याण ब्यानर्जीले नयाँ सदस्यहरूलाई पार्टीको झण्डा प्रदान गरी स्वागत जनाए।

यस अवसरमा श्रीरामपुरका विधायक डा. सुदीप्तो राय, श्रीरामपुर नगरपालिकाका चेयरम्यान गिरधारी साहा, रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्रा, भाइस चेयरम्यान जाहिद हसन खान, श्रीरामपुर नगरपालिकाकी सीआईसी तियशा मुखर्जी, स्थानीय पार्षद अकबर अली समेत ठूलो संख्यामा तृणमूल कंग्गरेसका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

श्रीरामपुरका विधायक डा.सुदीप्तो रायले माकपाको शासनकालमा भएका अत्याचारहरूमाथि प्रकाश पार्दै भने, तृणमूल कंग्रेसको हातमा बंगालको सत्ता आएपछि स्वास्थ्य क्षेत्रमा श्रीरामपुर क्षेत्रमा धेरै विकास भएको छ। उनले मानिसहरूसित ठूलो संख्यामा आगामी 21 जुलाईको दिन कोलकातामा आयोजना भइरहेको शहीद दिवस कार्यक्रममा सामेल हुने अपील समेत गरे।

यसरी नै सांसद कल्याण ब्यानर्जीले केन्द्र सरकारलाई लक्षित गर्दै भने, पहलगाममा चारजना आतंकवादीहरूले हाम्रा नागरिकहरूको ज्यान लिए। त्यसबेला सरकारका सुरक्षा एजेन्सीहरूले के गरिरहेको थियो? यस अतिरिक्त कल्याण ब्यानर्जीले पाकिस्तानसित भएको सिज फायरलाई लिएर प्रश्न तेर्साउँदै भने, पाक अधिकृत कश्मीरमा कब्जा नगरी सरकारले सिज फायरको घोषणा किन गऱ्यो?

पाकिस्तानसित भएको सिज फायरमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको मध्यस्थताको सन्दर्भमा तृणमूल सांसदले भने, प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफर्म एक्समा ट्रम्पद्वारा गरिएको अमेरिकी मध्यस्थताको कारण भारत-पाकिस्तानबीच भएको सिज फायरको दाबीलाई अहिलेसम्म आधिकारिक रूपमा खण्डन किन गरिएन?

कल्याण ब्यानर्जीले हालैमा गृहमन्त्री अमित शाहद्वारा अंग्रेजी भाषामा दिइएको बयानको पनि आलोचना गरे। उनले महिलाहरूलाई आफ्नो खुट्टामा उभिने अपील गर्दै आगामी 21 जुलाईको शहीद दिवस समारोहलाई सफल बनाउने अपील गरे।

उल्लेखनीय छ, वर्ष 1993-मा 21 जुलाईको दिन ममता ब्यानर्जीको राइटर्स बिल्डिंग अभियानको क्रममा तत्कालीन माकपा सरकारले तृणमूल कंग्रेसका कार्यकर्ताहरूमाथि गोली चलाएको थियो जसमा 13 जना प्रदर्शनकारीहरूको मृत्यु भएको थियो। त्यसपछिदेखि प्रत्येक वर्ष तृणमूल कंग्रेसले कोलकाताको धर्मातलामा 21 जुलाईको दिन शहीद दिवस मनाउँदै आइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande