पुलिसले भगौड़ा उपद्रवीलाई पक्राउ गऱ्यो
पुलिसले भगौड़ा उपद्रवीलाई पक्राउ गऱ्यो


नयाँ दिल्ली, 22 जून (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले एक वर्ष दुई महिनादेखि भगौड़ा उपद्रवीलाई पक्राउ गरेको छ। आरोपीको पहिचान पञ्जाबी बाग निवासी राहुल (24)- को रूपमा भएको छ। पुलिसले आरोपीलाई कीर्तिनगर इण्डस्ट्रियल एरियाबाट पक्राउ गरेको छ।

क्राइम ब्राञ्चका डीसीपी हर्ष इन्दौरा अनुसार आरोपी राहुल थाना अलिपुरमा दर्ता चोरीको मामिलामा भागेको थियो। उक्त मामिला धाँधली अनि षड़यन्त्रसित जोड़िएको पत्तो लागेपछि मामिलामा अन्य धाराहरू पनि जोड़ियो।

डीसीपी अनुसार मामिलाको शुरुआत त्यसबेला भयो जतिबेला 19 अप्रेल, 2024-मा मुकेश नामक युवकले आफ्नो वाहन चोरी भएको रिपोर्ट दर्ता गराए। जाँचमा खुलासा भयो, मुकेश र राहुले मिलेर वाहनमा लादिएको ताँबाको स्क्र्यापलाई बेच्ने योजना बनाएका थिए। वाहनलाई हरियाणाबाट जफ्त गरियो अनि मुकेशलाई पनि पक्राउ गरियो। तर राहुल भागेको थियो। उसलाई 8 मई, 2025-मा अदालतले भगौड़ा घोषणा गरिदिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande