दक्षिण 24 परगना, 22 जून (हि.स.)। जिल्लाको जयनगर थाना क्षेत्रमा आइतवार बिहान एकजना गर्भवती महिलाको शव उसको घरभित्रै भेटियो। मृत महिलाको पहिचान अरबिना खातूनको रूपमा भएको छ। अरबिनाका माता-पिताले आरोप लगाएका छन्, पति र ससुराली पक्षले लामो समयदेखिक अरबिनालाई प्रताड़ित गरिरहेको थियो। अरबिनाको गला दबाएर हत्या गरिएको हो। घटनापछि अरबिनाका पति र ससुरालीका अन्य सदस्यहरू भागेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
स्थानीय सूत्र अनुसार खकुरदह ग्राम पञ्चायतको जंगलिया क्षेत्र निवासी अरबिना खातूनको विवाह डेढ़ वर्षपूर्व जयनगर थाना अन्तर्गत दक्षिण बारासात ग्राम पञ्चायतको नुरूलापुर क्षेत्र निवासी अजि सरदारसित भएको थियो। अरबिनाको माइती पक्षको आरोप छ, विवाह भएदेखि नै अजिम र परिवारका अन्य सदस्यहरूले प्रताड़ित गर्दै आइरहेको थियो।
उनीहरूले अझ आरोप लगाए, अरबिनालाई माइतबाट पैसा ल्याउनको लागि चाप दिइन्थ्यो। यो प्रताड़ना महिनौंसम्म जारी रह्यो। धेरैपटक उसले माइतबाट पैसा लिएर पनि गई, तर पनि उसलाई प्रताड़ित गर्न छाड़िएन। अझ पैसा ल्याउनको उसलाई प्रताड़ित गरिरहेको थियो। पैसा नपाएको कारणले ससुराली पक्षले उनीहरूकी छोरीलाई ज्यानमारा धम्की पनि दिएको थियो। केही दिनअघि अरबिना गर्भवती भएको थाहा लाग्यो, तर पनि उसलाई शारीरिक अनि मानसिक रूपमा प्रताड़ित गरिरहेको थियो।
आइतवार बिहान अरबिनाको शव उसको ससुरालीमा भेटियो। घटनाको खबर पाएर उसको पिता लगायत अन्य सदस्यहरू त्यहाँ पुगे। घटनाको सूचना जयनगर थानालाई दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। घटनाको जाँच पुलिसले शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा