पश्चिम बंगालमा वर्षा जारी, मंगलवारदेखि मौसम परिवर्तन हुने अनुमान
पश्चिम बंगालमा वर्षा जारी, मंगलवारदेखि मौसम परिवर्तन हुने अनुमान


कोलकाता, 22 जून (हि. स.)। पश्चिम बंगालमा वर्षाको सिलसिला जारी छ। तर अब बिस्तारै कमजोर हुँदै गइरहेको निम्नदबाव क्षेत्र बिहार तर्फ बढ़िरहेको छ जसले गर्दा हाल बंगालमा तीव्र वर्षा हुने कुनै सम्भावना छैन।

प्राप्त जानकारी अनुसार आकाशमा दिनभरि बादल लाग्नेछ भने कतिपय क्षेत्रहरूमा मेघ गर्जन तथा तीव्र हावा सहित सामान्यदेखि मध्यम वर्षा हुनसक्छ।

अलिपुरस्थित क्षेत्रीय मौसम विभाग अनुसार आइतवार पूर्व अनि पश्चिम बर्दवान, नदिया, उत्तर 24 परगना, बीरभूम तथा मुर्शिदाबाद जिल्लामा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ साथै यी क्षेत्रहरूमा मेघ गर्जनसितै हल्का वर्षा हुनसक्छ। कोलकाता लगायत अन्य जिल्लाहरूमा आंशिक रूपमा बादल लाग्नको साथै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने पूर्वानुमान छ।

सोमवार पनि कतिपय जिल्लाहरूमा मेघ गर्जनको साथमा पानी पर्नसक्छ। यद्यपि मंगलारदेखि मौसमको स्वरूप फेरिनसक्छ फलस्वरूप राज्यका दक्षिणी भागमा वर्षाको तीव्रता बढ़्नसक्छ। मौसम विभाग अनुसार आगामी मंगलवारदेखि पुरुलिया, बाँकुड़ा, झाड़ग्राम, दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर जिल्लामा भारी वर्षा हुने सम्भावना छ। यी जिल्लाहरूमा मेघ गर्जन, वज्रपात अनि तीव्र हावा सहित भारी वर्षा हुनसक्छ जसबाट जलजमाउ तथा जनजीवन प्रभावित हुने आशंका छ।

उत्तर बंगालमा पनि आगामी दिनहरू चुनौतीपूर्ण हुनसक्छ। आइतवारदेखि मंगलवारसम्म दार्जीलिङ, जलपाईगुड़ी, अलिपुरद्वार, कालेबुङ र कुचबिहार जिल्लामा घनाभन्दा घना वर्षा हुने अनुमान छ। यी क्षेत्रहरूमा निरन्तर वर्षासँगसँग वज्रपात हुने अनि तीव्र हावा चल्ने चेताउनी दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande