कोलकाता, 22 जून (हि.स.)। यसपालि दिघाको नयाँ जगन्नाथ मन्दिरबाट पहिलो पटक निकालिने रथयात्राको लागि सुरक्षाको व्यापक प्रबन्ध गरिँदैछ। प्रशासनलाई लाखौं श्रद्धालु अनि पर्यटकहरूको भीड़ हुने आशा छ जसमा विदेशी भक्तहरू पनि सामेल हुनसक्नेछन्। मुख्यमन्त्री ममता ब्यानर्जी पनि रथयात्राको दिन उपस्थित रहने सम्भावना छ। यसलाई मध्यनजर गर्दै सुरक्षा अनि भीड़ प्रबन्धनको निम्ति विशेष उपाय गरिँदैछ।
रथ यात्रा अवधि सम्पूर्ण मार्गमा निगरानीको लागि सीसीटीभी क्यामरा जड़ान गरिँदैछ भने आकाशमा ड्रोनलाई पनि तैनाथ गरिनेछ। मन्दिर परिसरका चारै कुनामा चारवटा वाच टावर निर्माण गरिँदैछ। साथै मन्दिरदेखि रथ मार्गसम्मको सुरक्षा व्यवस्थालाई पनि कड़ा बनाइएको छ।
भगवान जगन्नाथ, बलराम र सुभद्राको रथयात्रा नयाँ मन्दिरदेखि शुरू भएर लगभग एक किलोमीटर टाड़ा पुरानो मन्दिर अर्थात 'छ्यामाको घर'-सम्म पुग्नेछ। पहिला मन्दिरको सात नम्बर गेटबाट रथ यात्रा निकाल्ने योजना थियो, तर अब रथलाई मन्दिरको दक्षिणी गेटबाट 116 बी राष्ट्रिय राजमार्ग हुँदै ठाउँमा पुऱ्याइनेछ। यो जानकारी इस्कन कोलकाताका भाइस प्रेसिडेन्ट तथा मन्दिर ट्रष्टका सदस्य राधारमण दासले दिएका हुन्।
भीड़लाई नियन्त्रण गर्नको लागि फुटपाथमा ब्यारिकेडिंग गरिँदैछ। साथ रथ मार्गमा केही ड्रप गेट्स राखिँदैछ ताकि कुनै पनि आपत स्थितिमा मार्गलाई तुरून्त बन्द गर्न सकियोस्।
रथ यात्रा अवधि हुने सुरक्षा व्यवस्थालाई लिएर राज्य पुलिसका डीजी राजीव कुमार, पश्चिम रेञ्जका आईजी अनुप जसवाल अनि पूर्व मेदिनीपुरका एसपी सौम्यदीप भट्टचार्यले मन्दिर अनि रथ मार्गको निरीक्षण गरे। अन्य जिल्लाहरूबाट पनि पुलिस बललाई बोलाउने योजना छ तथापि अहिलेसम्म कति जवानहरूलाई तैनाथ गरिने हो तय हुन सकेको छैन।
पूर्व मेदिनीपुरका एसपी सौम्यदीप भट्टचार्यले भनेका छन्, रथयात्रालाई शान्तिपूर्वक सम्पन्न गराउनको लागि सबै आवश्यक कदम उठाइएको छ। भीड़लाई नियन्त्रण अनि सुरक्षालाई लिएर अहिलेसम्ममा धेरैपटक बैठकहरू गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा