धुबड़ी (असम), 22 जून (हि.स.)। धुबड़ी जिल्लान्तर्गत तामारहाटको बरखचुवा गाउँमा एउटा दुःखदायी घटना घटेको छ। पानीमा डुबेर यहाँका दुईजना छात्राहरूको मृत्यु भयो। आइतवार स्कूल बन्द रहेको कारणले दुवै छात्रा बोरजान गाउँबाट माछा मार्न आएका थिए। बरखचुवा गाउँमा एउटा गहिरो खाड़लमा झरेपछि पानीमा डुबेर दुवैको मृत्यु भयो।
मृतक छात्राद्वयको पहिचान बोरजान गाउँका जयनाल शेखकी छोरी रेशमिना पारबीन औ कुद्दूस शेखकी छोरी कुलसुमा खातून उपनाम पारुलको रूपमा गरिएको छ। रेशमिना पारबीन बोरजान एमई स्कूलमा सातौं कक्षामा अध्ययनरत् थिइन् भने कुलसुता खातून छैटौं कक्षामा। स्थानीय मानिसहरूले दुवैलाई गहिरो पानी डुबिरहेको देखेर तुरून्त बचाउ कार्यमा जुटे। दुवैलाई मुर्छित अवस्थामा बाहिर निकाले।
परिवारले दुवैलाई तामरहाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्याए, तर उनीहरूको गम्भीर अवस्थालाई ध्यानमा राखेर त्यहाँबाट गौरीपुर नर्सिंग होममा पुुऱ्याइयो जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।
अर्कोतिर स्थानीय मानिसहरूले आरोप लगाएका छन्, नियमहरूको उल्लंंघन गर्दै बाहुला र बजरी बिक्री गर्नको लागि जमीन खनन गरिएको कारणले आज दुईजना बालिकाहरूको ज्यान गयो। घटनालाई लिएर स्थानीय मानिसहरूमा रोष व्याप्त भएको छ। मानिसहरूले प्रशासनसित यसप्रकारको अवैध गर्नेहरूविरूद्ध कारबाही गर्ने माग गरेका छन्। पुलिसले दुवैको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा