सिलगढ़ी, 22 जून (हि. स.)। नक्सलबाड़ी थानाको पुलिसले ब्राउन शुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको पहिचान नक्सलबाड़ीको दयाराम जोत निवासी नाम महेश घोषको रूपमा भएको छ।
सूत्र अनुसार नक्सलबाड़ी थानाको पुलिसले दक्षिण कोटिया जोतमा नशालु पदार्थको कारबार भइरहेको सूचना पाएपछि गए शनिवार अबेर राति अभियान संचालन गऱ्यो। अभियानको क्रममा पुलिसले एक जना संदिग्ध युवकलाई हिरासतमा लियो जसको जाँच गर्दा दश ग्राम ब्राउन शुगर भेटियो। त्यसपछि पुलिसले ब्राउऩ शुगर सहित युवकलाई पक्राउ गरी एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गऱ्यो। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा