धुबड़ी(असम), 22 जून (हि.स.)। जिल्लाको गौरीपुरमा एकजना बंगलादेशी युवकलाई पुलिसले पक्राउ गरेको छ। युवक बंगलादेशबाट भारतमा रहेकी आफ्नी प्रेमिकालाई भगाएर लैजानको लागि यहाँ आएको थियो, तर स्थानीय मानिसहरूलाई उसलाई समातेर पुलिसलाई सुम्पिदिए।
पुलिस अनुसार फेसबुकको माध्यमबाट गौरीपुरको दारचौका क्षेत्रकी एकजना युवतीसित बंगलादेशी युवकले सम्पर्क गऱ्यो। केही दिनभित्रै दुईमाझ प्रेम सम्बन्ध भयो। फेसबुकको माध्यमबाट बातचित गर्दा-गर्दै कुरा यहाँसम्म पुग्यो कि युवतीलाई भारतबाट भगाउनको लागि बंगलादेशी युवक गौरीपुर आइपुग्यो। युवतीलाई लिएर भागिरहेको बेला स्थानीय मानिसहरूले उनीहरूलाई समातेर जाँचबुझ गरे जसमा युवकको पहिचान बंगलादेशीको रूपमा भयो।
पुलिसको कब्जामा परेपछि युवकको पहिचान बंगलादेशको फूलगाजी फेनी जिल्ला अधिनस्थ पश्चिम बसन्तपुर क्षेत्र निवासी रित्तिक चन्द्र पालको रूपमा भएको छ। गौरीपुर पुलिसले युवकलाई थाना लग्यो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी युवकसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा