सिलगढ़ी, 22 जून (हि.स.)। सुपारी तस्कर गिरोहको टाउकेलाई अन्ततः पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम धीरज घोष हो। नक्सलबाड़ी थानाको पुलिसले सुपारी तस्कर धीरज घोषलाई शनिवार अबेर राती पक्राउ गरिएको हो।
पुलिस सूत्र अनुसार पछिल्लो वर्ष पुलिसले नक्सलबाड़ी र घोषपुकुरमा सुपारीले लादिएको मोठ पाँचवटा ट्रकलाई जफ्त गरेको थियो। उक्त सुपारीसित सम्बन्धित कुनै वैध दस्तावेज नभएको कारणले जिल्ला पुलिसले सुपारी तस्करीको मामिलामा दशजना मानिसहरूलाई पक्राउ गरेको थियो। पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गर्दा धीरज घोषको नाम सामु आएको थियो।
पुलिस सूत्र अनुसार बारम्बार नोटिस जारी गर्दा पनि पुलिस समक्ष पेश नभएको कारणले गए राती धीरजलाई नक्सलबाड़ीबाट पक्राउ गऱ्यो। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा