बीरभूम, 22 जून (हि.स.)। जिल्ला लाभपुर थाना अन्तर्गत हातिया गाउँमा गए शनिवार अबेर साँझ भएको बम विस्फोटको घटनाले क्षेत्रमा तनाउ फैलिएको छ। यस घटनामा दुईजना मानिसहरूको मृत्यु भएको छ।
आइतवार बिहान पुलिसले गाउँमा खोजी अभियान संचालन गऱ्यो जसमा खेतबाट 19 वटा जिउँदो बम जफ्त गरियो। तत्काल कारबाही गर्दै बम स्क्वाडको विशेष टीमले घटनास्थलमा पुगेर सबै बमहरूलाई खेतमै निष्क्रिय बनाइदियो। प्राप्त जानकारी अनुसार हातिया गाउँमा शनिवार दुई गुटमाझ विवाद भएपछि बम वर्षा भयो जसमा दुईजना मानिसहरूले ज्यान गुमाए।
पुलिसको मान्यता छ, उक्त बमलाई हालैमा बनाइएको थियो साथै कुनै ठूलो हिंसक घटनालाई परिणाम दिने योजना थियो। गाउँमा अझ विस्फोटहरू लुकाएर राखिएको हुनसक्छ। कुनै पनि संदिग्ध वस्तु वा गतिविधि भए तुरून्त स्थानीय थानालाई जानकारी दिने अपील गरिएको छ।
हाल पुलिसले बमबाजी अनि जफ्त गरिएका विस्फोटकहरूको सम्बन्धमा अज्ञात मानिसहरूविरूद्ध मामिला दर्ता गरेको छ। मामिलाको जाँच वरिष्ठ पुलिस अधिकारीहरूको निगरानीमा गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा