नक्कली सुन बेचेको आरोपमा दुई दाज्यु-भाइमाथि हमला, एकजनाको मृत्यु
नक्कली सुन बेचेको आरोपमा दुई दाज्यु-भाइमाथि हमला, एकजनाको मृत्यु


कोलकाता, 22 जून (हि. स.)। कोलकाताको पर्णश्री क्षेत्रमा गए शनिवार अबेर राती एक भयानक घटना घट्यो जहाँ नक्कली सुन बेचेको आरोपमा दुई दाज्यु-भाइलाई मरूञ्जेल कुटियो। यस घटनामा भाइको मृत्यु भयो भने दाज्युको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

पुलिस अनुसार गए शनिवार राती लगभग अढ़ाी बजे धर्मराजतला नजिक गस्ती गरिरहेको पुलिसको टीमले सड़क किनारमा एकजना व्यक्तिलाई रगताम्मे अवस्थामा भेट्यो। घाइतेको पहिचान दीपक सिंंहको रूपमा भयो। पुलिसले तत्कालै उसलाई अस्पतालमा पुऱ्याएर जाँचबुझ गऱ्यो।

जाँचबुझमा दीपकले बताए, केही मानिसहरू उ र उसको भाइ महेन्द्र सिंहमाथि नक्कली सुन बेचेको आरोप लगाएर हमला गरेका थिए। चार-पाँचजना मानिसहरूले दुवै दाज्यु-भाइलाई निर्दयतापूर्वक कुटपिट गरेर सड़कमा फालिदिए। पुलिसले घटनास्थलबाट दुवैलाई अस्पतालमा पुऱ्यायो, तर गम्भीर चोट लागेको कारणले महेन्द्र सिंहको मृत्यु भयो।

यस घटनालाई लिएर पर्णश्री थानामा मामिला दर्ता गरिएको छ। पुलिसले द्रूत गतिमा कारबाही गर्दै सञ्जीव कर्मकार नामक व्यक्ति सहित आठजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूसित जाँचबुझ गरिँदैछ।

पुलिसको मान्यता छ, यो घटना पूर्ण रूपले सुनियोजित हुनसक्छ। जाँच जारी छ। घटनालाई लिएर क्षेत्रमा तनाउ व्याप्त भएको छ, तर पुलिसले स्थितिलाई नियन्त्रणमा राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande