सिक्किम पुनर्वास केन्द्रमा अन्तरराष्ट्रिय योग दिवस पालन
सिक्किम पुनर्वास केन्द्रमा अन्तरराष्ट्रिय योग दिवस पालन


गान्तोक, 22 जून (हि.स.)। सिङताम जिल्ला अस्पतालको आयुष विभागले हिजाे 32 नम्बर, निमटारस्थित सिक्किम पुनर्वास केन्द्रमा अन्तरराष्ट्रिय योग दिवस पालन गऱ्यो। एक पृथ्वी र एक स्वास्थ्यको लागि योग थीममा पालन गरिएको सो दिवसमा चिकित्सा अधिकारी, आयुष डा. किरण सिंहले योगको महत्वमाथि प्रकाश पारेका थिए।

यसपछि, योग प्रशिक्षक लक्ष्मी शर्माको अगुवाईमा सामूहिक योग प्रदर्शन सम्पन्न भयो। उनले आयुष मन्त्रालयद्वारा जारी गरिएको सामान्य योग प्रोटोकल अनुरुप योग अभ्यास गराइन्। उपस्थित सबैको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई साँच्चै प्रशंसनीय बनाएको थियो। यस पहललाई उपस्थित सहभागीहरूले निकै सराहना गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande