गान्तोक, 22 जून (हि.स.)। सिक्किम र दार्जिलिङको निम्ति नेशनल क्याडेट कर्प्स (एनसीसी) का ग्रुप कमाण्डर ब्रिगेडियर मुकेश गुरुङ, एसएमले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको आधिकारिक आवासमा शिष्टाचार भेट गरे। उक्त जानकारी आज मुख्यमन्त्रीले सामाजिक सञ्जालमा दिएका छन्।
मुख्यमन्त्रीले छलफलको क्रममा राज्यभित्र भविष्यमा एनसीसीको विस्तार र यसका कार्यक्रमहरूमा युवा सहभागितालाई सुदृढ पार्न गरिएका विभिन्न पहलहरूको बारेमा चर्चा भएको बताएका छन्। उनले अनुशासन र नेतृत्वलाई बढावा दिॅंदै सिक्किमका युवाहरूलाई एनसीसीमा संलग्न गर्न साथै उनीहरूको भविष्यको व्यावसायिक र रोजगारीको सम्भावनालाई बढाउन थप प्रेरित र समर्थन गर्ने तरिकाहरूमाथि पनि चर्चा भएको जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / बिशाल