समन्वयक पवन कुमार परसाईले मुख्यमन्त्रीसॅंग भेट गरे
समन्वयक पवन कुमार परसाईले मुख्यमन्त्रीसॅंग भेट गरे


गान्तोक, 22 जून (हि.स.)। एनएचपीसीसॅंग सम्बन्धित मामिलाहरूलाई सम्बोधन गर्न राज्य सरकारद्वारा समन्वयकको रूपमा नियुक्त पवन कुमार परसाईले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको आधिकारिक आवासमा भेट गरे। मुख्यमन्त्रीले समन्वयक परसाईलाई शुभकामना दिॅंदै यो महत्त्वपूर्ण भूमिकामा उत्कृष्ट प्रदर्शन गर्ने उनको क्षमतामा विश्वास व्यक्त गरेका छन्।

उल्लेखनीय छ, गान्तोक जिल्लाको नाम्ली निवासी पवन कुमार परसाईलाई सिक्किम सरकारले यसै वर्ष 10 जूनका दिन एनएचपीसीसॅंग सम्बन्धित मामिलाहरूलाई सम्बोधन गर्न राज्य सरकारको समन्वयक नियुक्त गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande