बरपेटा (असम), 23 जून (हि.स.)। बरपेटामा भारी मात्रामा ड्रग्सको साथमा एक तस्करलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका तस्करको नाम राजिबुल अहमद बताइएको छ। ड्रग्स तस्कर अहमद मूल रूपमा जनियाको शालेकुरा गाउॅं निवासी हुन्।
बरपेटा पुलिसले सोमवार भन्यो, सदर थानाको पुलिस टीमले गुप्त सूचनाको आधारमा बरपेटा मेडिकल कलेज एण्ड अस्पताल छेउ अभियान चलाएर ड्रग्स तस्करलाई पक्राउ गरेको छ। तस्करबाट दुई साबुनदानीमा लुकाएर राखिएको भारी मात्रामा प्रतिबन्धित ब्राउन शुगर जफत गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, एउटा ई-रिक्शामा ड्रग्सको आपूर्ति गरिरहेको समयमा पुलिसले अभियान चलाएर तस्करलाई पक्राउ गऱ्यो। पुलिसले ड्रग्स तस्करीमा प्रयोग गरिएको ई-रिक्शा पनि जफत गरेको छ। पुलिसले बरपेटा सदर थानामा आरोपीसॅंग केरकार गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी