प्रो. सुमन चक्रवर्तीले आईआईटी खड़गपुरको नयाँ निदेशको कार्यभार ग्रहण गरे
प्रो. सुमन चक्रवर्तीले आईआईटी खड़गपुरको नयाँ निदेशको कार्यभार ग्रहण गरे


कोलकाता, 23 जून (हि. स.)। देशको प्रतिष्ठित भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरलाई नया निदेशक प्राप्त भएको छ। प्रोफेसर सुमन चक्रवर्तीले आधिकारिक रूपमा संस्थानको निदेशक पदमा कार्यभार सोमवारदेखि सम्हालेका छन्। उनी म्याकेनिकल इञ्जीनियरिंग विभागका वरिष्ठ प्रोफेसर हुन् र विभान अनि अभियान्त्रिकी क्षेत्रमा आफ्नो उत्कृष्ट उपलब्धिको लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रि स्तरमा धेरैवटा प्रतिष्ठित सम्मान प्राप्त गरिसकेका छन्।

प्रो. चक्रवर्तीको शोधकार्य तरल यान्त्रिकी, बायोमेडिकल इञ्जीनियरिंग औ तकनिकी नवाचारहरूको सामाजिक उपयोगको संगममाथि केन्द्रित रहेको छ। यी क्षेत्रहरूमा उनको योगदानले उनलाई देशको अग्रणी शोधकर्ताहरूमा स्थान दिलाएको छ।

आईआईटी खड़गपुरद्वारा पूर्व निदेशक प्रो. अमित पात्रा जो वर्तमानमा आईआईटी बीएचयूका निदेशक छन्,- लाई उनको नेतृत्व अनि योगदानको लागि हार्दिक आभार व्यक्त गरिएको छ। प्रो. पात्राको कार्यकालमा संस्थानले केही क्षेत्रहरूमा उल्लेखनीय प्रगति गऱ्यो।

आईआईटी खड़गपुरका जनसम्पर्क अधिकारी प्रतीक दामाले प्रो. चक्रवर्तीलाई नयाँ भूमिकाको लागि शुभकामना दिँद भने, संस्थानलाई उनको नेतृत्वमा नयाँ उच्चतासम्म पुग्ने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande