खस भारतीय हितकारी सम्मेलन तीनधारे शाखाको वार्षिक सभा अनि नयाँ कमिटी गठन
खस भारतीय हितकारी सम्मेलन तीनधारे शाखाको वार्षिक सभा अनि नयाँ कमिटी गठन


तीनधारे, 23 जून (हि.स.)। खस भारतीय हितकारी सम्मेलन तीनधारे शाखाको वार्षिक सभा एवं नयाँ कमिटी गठन गरिएको छ। उक्त वार्षिक सभा गणेश अधिकारीको अध्यक्षतामा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

उक्त वार्षिक सभामा मुख्य अतिथिको रुपमा उपस्थित सभासद नवराज छेत्री, कन्भेनर उत्तम गिरी, पूर्व सभापति गणेश छेत्री, केन्द्रिय कमिटी सदस्य बिनय छेत्रीले वक्तव्य राखेका थिए। सभामा कोषाध्यक्ष उमा गिरीले हर हिसाब प्रस्तुत गरिन्। सभामा खस भारतीय हितकारी सम्मेलन तीनधारे महानदी आञ्चलिक समितिलाई विघटन गरिएको घोषणा गरियो।

त्यसपछि घैयाबारी ग्राम पञ्चायत एक अन्तर्गत तीनधारे क्षेत्रलाई लिएर खस भारतीय हितकारी सम्मेलन तीनधारे शाखा कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति उत्तम गिरी, उप सभापति नरबहादुर खड्का सचिव आनन्द ब्राम्हण, सह सचिव राजेन गिरी, कोषाध्यक्षा उमा गिरी, सल्लाहकार गणेश छेत्री, नवराज छेत्री, अर्जुन छेत्री, उत्तम शर्मा, बिनय छेत्री, लोकनाथ शर्मा लगायत 10 जना कार्यकारी सदस्यहरु चयन गरिएको जानकारी केन्द्रिय सदस्य बिनय छेत्रीले दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande