
दार्जिलिङ, 23 जून (हि.स.)। दार्जिलिङ जिल्ला अस्पतालबाट प्राप्त भएको जन्म र मृत्युको प्रमाण पत्रमा भएको भूललाई सच्चाउन आजदेखि दार्जिलिङ जिल्ला अस्पतालमा तीन दिवसीय त्रुटि सच्याउन शिविर शुरु भएको छ। पहिलो दिनको त्रुटी सच्याउने शिविरमा दार्जिलिङ बिजनबारी खण्ड क्षेत्रका मानिसहरुलाई लिएर शिविर सम्पन्न भयो।
पहिलो दिनको शिविरमा दार्जिलिङ बिजनबारी खण्ड अन्तर्गत पर्ने क्षेत्रका मानिसहरुले यस शिविरमा आएर त्रुटी सच्याउने कार्य गरे। भोलि दोस्रो दिनको शिविरमा जोरबंगलो सुखे पोखरी खण्ड र तेस्रो दिन रंगली रंगलीयट खण्डका मानिसहरुलाई लिएर आयोजना गरिने जानकारी प्राप्त भएको छ।
शिविरको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एवं दार्जिलिङ जिल्ला अस्पतालको प्रभारी राजेस चौहानले केही दिनअघि जीटीए प्रमुख अनित थापाको निर्देशनमा जन्म र मृत्युको प्रमाण पत्रमा भएका त्रुटीहरु सच्चाउन तीन दिवसीय शिविर आयोजना गर्ने सूचित गरेका थियौं र त्यही अनुसार आजदेखि शिविर शुरू भएको बताए। उनले यस शिविरमा हेर्दा धेरैको त्रुटी भएको ज्ञात भएको र सच्चाइएको जन्म र मृत्युको प्रमाण पत्र संशोधनपछि डिजिटल रुपमा प्रदान गरिने जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक