
इम्फाल, 23 जून (हि.स.)। मणिपुरको पाओबितेक मायाई लैकैको विशेष रूपमा सक्षम (दिव्याङ्ग) युवकको हत्या मामिलामा ठूलो कारबाही गर्दै पुलिसले अऱामबाई तेंगगोल (एटी) संगठनका प्रमुख कार्यकर्ता लोंगजम खाबा सिंह (35) लाई पक्राउ गरेको छ।
पुलिस प्रवक्ताले सोमवार बताए, लोंगजम, जो युमनाम हुईड्रोम थियाम लैशांगखोंगको निवासी हुन्, उनलाई पुथिबा लैबुंग कम्प्लेक्स नजिक मोंगसांगई मखा लैकैबाट पक्राउ गरियो। उनी मोहम्मद चेसम अब्दुल कादिरको हत्याको मुख्य आरोपी हुन्, जो 11 जून रातिदेखि बेपत्ता थियो।
कादिरको सड़ेको शव 17 जून समुरोउ नाओरेम क्षेत्रमा जमीनमा दफन गरिएको अवस्थामा भेटियो। शवलाई मजिस्ट्रेट, फोरेन्सिक विशेषज्ञहरू र परिजनहरूको उपस्थितिमा बाहिर निकालियो।
लोंगजमको गिरफ्तारीको साथ यस मामिलामा अहिलेसम्म कूल 10 जनालाई हिरासतमा लिइएको छ, जसमा सात आरमबाई तेंगगोल संगठनका सदस्य छन्। पुलिसले औपचारिक रूपमा आपराधिक मामिला दर्ता गरी जाँच जारी राखेको छ।
यस नृशंस हत्यालाई लिएर इम्फाल घाटीमा आक्रोश फैलेको छ। मुस्लिम संगठनहरूले आरोपीहरू विरूद्ध सख्त कारबाही र शीघ्र न्यायको माग गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी